२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओबादी केन्द्र बैठक

अध्यक्ष दाहालले भने : ' एमसीसी ओली जस्ताको त्यस्तै पास गर्न चाहन्थे'

माओवादीलाई  'रिङ आउट' गर्ने एमालेको षड्यन्त्र चकनाचुर भयो

शुक्रवार , फाल्गुण २०, २०७८

काठमाडौँ, फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया नै भंग हुने स्थिति आएपछि एमसीसी सम्झौता अनुमोदन गर्ने अवस्था आएको बताएका छन् । शुक्रबार दिउँसोदेखि राष्ट्रिय सभा गृहमा सुरुभएको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष दाहालले यथास्थितिमा एमसीसी पास नगरेको बताएका हुन् ।
साथै यथास्थितिमै एमसीसी पास गरेर माओवादीलाई 'रिङ आउट' गर्न खोज्ने एमालेको षड्यन्त्र चकनाचुर भएको पनि दाहालले बताए । पार्टी विभाजनअघि नेकपा हुँदा अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै एमसीसी पास गर्न खोजेको पनि दाहालको दाबी छ ।
बैटकमा भएकाे दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'परिमार्जनसहित अनुमोदन नगरेको भए एमसीसी जस्ताको त्यस्तै पारित हुने अवस्था थियो । गठबन्धन टुट्ने मात्रै होइन शान्ति प्रक्रिया नै भंग हुने स्थिति सिर्जना हुने भएकोले यो विधि र प्रक्रियाबाहेक तत्काललाई अरु विकल्प नै थिएन ।'

नेकपा छँदा आफ्नै अध्यक्षतामा बसेको बैठकमा आफ्नै प्रस्ताव अनुसार झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले निकालेको निष्कर्ष अनुसार नै परिमार्जनसहित एमसीसी अनुमोदन भएको दाहालको भनाइ छ ।

त्यस्तै,  एमसीसीबारेको व्याख्यात्मक घोषणा अन्तर्राष्ट्रिय रुपमा कानुनी मान्यता अनुरुप नै संसद्बाट पारित भएको पनि दाहालले दोहोर्‍याएका छन् । माओवादीको ८औं महाधिवेशनको निर्णय अनुरुप नै परिमार्जनसहित एमसीसी पारित भएको पनि उनले बताए ।
एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको हो । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहालले ‘आफ्नो बाटो लागे हुन्छ’ भनेपछि पूर्व एकता केन्द्र समूह आक्रोशित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार