२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेसको पर्सा सभापतिमा क्षेत्री विजयी

शुक्रवार , फाल्गुण २०, २०७८

काठमाडौं, फागुन । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । ७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षेत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको छ ।नेता क्षेत्री प्रतिद्वन्द्वी पटेल भन्दा ४ सय ६५ मत बढी ल्याएर निर्वाचित भएका छन् । निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको थियो ।

तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको साथ थियो । पटेललाई कांग्रेसका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार