काठमाडौं, फागुन । आज सत्तारुढ गठबन्धन शीर्ष नेता बैठक बस्यो । बैठकले संसदको अवरोध अन्त्य गर्ने बिषयमा छलफल गरेको जनाइएको छ । सो शीर्ष नेता बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसदको अबरोध अन्त्य गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
चार दलका शीर्ष नेता सम्मिलित समन्वय समिति बैठकले लामो समयदेखि संसद अवरुद्ध हुँदा नागरिकतालगायतका विधेयक रोकिएको विषयमा छलफल भएको पनि जनाइएको छ । लामो समयसम्म अवरोध हुँदा संसद तथा नेता बारे जनतामा नकारात्मक धारणा बन्नसक्ने चिन्ता ब्यत्तल गरिएको जनाइएको छ ।
बैठकमा उठेका बिषयबारे सञ्चारकर्मीलाई जानकारी दिदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’