२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक स्थगित

बुधवार , फाल्गुण १८, २०७८

काठमाडौं, फागुन ।  अाज बसेकाे प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख विपक्षी नेकपा एमालेका सांसदले  बैठक सुरु हुने वित्तिकै वेल घेरेर नाराबाजी गर्नथाले ।

बैठकमा एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।

लगत्तै सभामुखले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित गरे । यो सबै प्रक्रियाका लागि प्रतिनिधिसभाले करिब ८ मिनेट समय लियो ।

एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ । माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार