२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आइओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

बुधवार , फाल्गुण १८, २०७८

काठमाडौं, फागुन । आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएर आएको छ। रुस र युक्रेनबीचको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ।

एनओसीलाई आज आइओसीले नयाँ मूल्यसूची पठाएको हो। उक्त सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेलमा ३.०८ रुपैयाँ र मटितेलमा प्रतिलिटर १०.३० रुपैयाँ वृद्धि भएको छ। हवाई इन्धनको मूल्य प्रतिलिटर ३.३२ रुपैयाँ तथा एलपिजी ग्याँसमा प्रतिसिलिन्डर १०० रुपैयाँ बढेको छ।

भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार अब एनओसीलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ घाटा हुने देखिएको छ। आइओसीले कायम गरेको नयाँ मूल्यसूचीअनुसार एनओसीलाई मासिक ६ अर्ब १८ करोड रुपैयाँ घाटा हुने बताइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार