२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य तोलामा १९ सय वृद्धि

बुधवार , फाल्गुण १८, २०७८

काठमाडौं,फागुन। आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै उच्च विन्दु हो । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको प्रतितोला कारोबार मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि नै मूल्य बढ्नुको प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ । यसअघि गत वर्ष साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन नेपाली बजारमा छापावल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार