काठमाडौँ, फागुन । प्रितिनिधसभाबाट एमसीसी अनुमाेदन भएपछी अाफ्नाे धारणाा सावर्जनीक गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको व्याख्यात्मक घोषणा जनता झुक्याउने कोसिस भएको बताएकाे छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय भएकोमा आपत्ति जनाएको छ। यसले यसले संसदीय अभ्यासको उपेक्षा पनि भएको उल्लेख गरेको छ ।
'दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागू हुन्छ भन्नु जनतालाई झुक्याउनु हो । एमसीसी सम्झौता गठबन्धनकै नेताहरुले विवादित बनाए ।
सरकारले गर्नुपर्ने पत्रचारमा दलका नेताले हस्ताक्षर गरेर यसलाई दूषित बनाए' एमालेले भनेको छ । एमालेले सभामुखले संसद्मा बलमिच्याँइ गरेको आरोप लगाएको छ।
'सभामुखको बलमिचाई आपत्तिजनक छ। सभामुख दल विशेषको आज्ञा मानिरहनुभएको छ। कुनै दलले निस्कासित गरेका संसद्लाई उहाँले दल विभाजन गर्न सहयोग गर्नुभएको छ ।
यसले उहाँ पदमा रहन उचित छैन' एमालेले भनेको छ। एमसीसी जे जस्तो अवस्थामा भएपनि अनुमोदन भएकाले अब यसलाई कार्यान्वयन गर्नुपर्ने एमालेले उल्लेख गरेको छ ।