काठमाडौं, फागुन । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैंले मागेको एमसीसी सम्झौंताको बिरोध गर्न नमिल्ने बताएका छन् । नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताए ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उनले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गरे । उनले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताए ।
चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताए । हामी बाहिरबाट लिने सहायता लिन्न भन्छौं । त्यो अनुदान हो । हामीले मागेको प्रोजेक्टमा हो ।
अनि हामी बखेडा कसरी निकाल्छौ भने यो आयो भने अमेरिकी कानुन लाग्छ । यो आयो भने अमेरिकाको कानुनबाट नेपालको एमसीए परिचालित हुन्छ । उनले भने, नेपाल बौद्धिक सम्पत्तिको अधिकार जान्छ ।
हामीले यसरी प्रचार गर्दा चीन र भारतबाट सहायता लिऔं । विआरआईबाट सहायता लिऔं । यो सहायता हामी एमसीसीबाट लिन्छौ भने अरु सहायता चीनबाट लिऔं ।
नेता रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई एमसीसी सम्झौता ल्याउने बेलामा सामेल हुने तर पारित गर्ने बेलामा अप्ठयारो पार्ने काम नगर्न आग्रह गरे ।