२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जोसे मोरिन्होको टिम टोटनह्याम संघर्षपूर्ण जितसहित पाँचौँ चरणमा

बुधवार , माघ २२, २०७६

काठमाडौँ, माघ । टोटनह्याम एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरणको रिप्ले अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै जोसे मोरिन्होको टोटनह्यामले अघिल्लो चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको हो । साउथह्याम्पटनका ज्याक स्टिफन्सले १२ औँ मिनेटमा आत्मघाती गोल गरेपछि टोटनह्यामले सुरुवाति अग्रता लियो । ३४ औँ मिनेटमा शन लङ्गले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए ।

७२ औँ मिनेटमा ड्यानी इन्ग्सले गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो । त्यसपछि टोटनह्यामले लगातार दुई गोल गरेको हो ।

उसका लागि ७८ औँ मिनेटमा लुकास मोउरा तथा ८७ औँ मिनेटमा पाएको पेनाल्टीमा सन हेङ–मिनले गोल गर्दै टिमलाई ३–२ को जित दिलाएका हुन् ।

टोटनह्यामले पाँचौँ चरणमा प्रिमियर लिगमा पुछारमा रहेको नर्विचसँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार