२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

' एमसीसीमा आपत्तिजनक केही पनि छैन ': डा. बाबुराम भट्टराई

आइतवार , फाल्गुण १५, २०७८

काठमाडौं, फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे ।

तमसुकको भाषाले घोच्छ, यसमा (एमसीसी) पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन उनले भने ।

अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्वीकार गरिएको भन्दै नेता भट्टराईले अहिले विरोध गर्नुको मात्र अर्थ नहुने बताए । कि त्यतिबेला गल्ती थियो भन्ने हिम्मत गर्नुपर्छ ।

गल्ती स्वीकार गरेर राजनीतिबाट सन्यास लिनुपर्छ उनले भने । आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको नेता भट्टराईले बताए ।

‘मेरो पालामा सहयोग सम्झौताका रुपमा आएको थियो । म जिम्मेवारी लिन्छु । यो ठीक छ, चाहिन्छ भनेकै हो उनले भने । एमसीसीमा व्याख्यात्मक टिप्पणी लेखेर स्वीकार गर्ने भनी केही दलले 'फेस सेभिङ' को बाटो खोज्नु सकारात्मक भएको पनि भट्टराईले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार