काठमाडौं, फागुन । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।