२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेता खनालले भने : ' यथास्थितिमा एमसीसी संसदबाट पारित हुँदैन '

शनिवार , फाल्गुण १४, २०७८

 

काठमाडौं, फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरेका छन् ।

एमसीसीमा मध्यमार्ग नहुने भन्दै उनले पक्ष र विपक्षमध्ये आफूहरु विपक्षमा रहेको बताए शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, के के हुन् मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन् ।

एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं । एमसीसीमा मध्यमार्गको खोजी भएको विषय आफूले पनि सञ्चार माध्यमबाट थाहा पाएको भन्दै उनले कसकसले मध्यमार्ग खोजेको हो आफूलाई जानकारी नभएको बताए ।

नेता खनालले सरकार छोड्ने कि नछोड्ने भन्ने विषय एमसीसीको मुद्धा कसरी टुंगिन्छ त्यसमा भर पर्ने बताए । सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौं । अब एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्धा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार