२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसी अनुमोदन सकस

जसपा बैठक बस्दै : "एमसीसीबारे आज निर्णय लिने " 

हिजो, शुक्रबार,को बैठकमा कार्यकारिणी सदस्यलाई एमसीसी सम्झौता पत्र अध्ययनका लागि   वितरण 

शनिवार , फाल्गुण १४, २०७८

काठमाडौँ, फागुन ।   संसदमा छलफलमा रहेको एमसीसीबारे निर्णय लिन जनता समाजवादी पार्टी (जसपा) को बैठक आज पनि बस्दैछ । शुक्रबारको बैठकमा बैठकमा कार्यकारिणी सदस्यलाई एमसीसी सम्झौता पत्र अध्ययनका लागि   वितरण  गरिएको छ भने आजको बैठकले एमसीसीको पक्ष वा विपक्षमा उभिने भन्नेबारे   निष्कर्ष निकाल्ने बताइएको छ ।
तीन महिनापछि शुक्रबार बसेको केन्द्रीय कार्यकारणी समीतिको बैठकले शनिबार एमसीसीबारे छलफल गर्ने भएको हो । ग्वार्कोस्थित एक होटलमा बसेको जसपाको बैठकमा ३२ जना कार्यकारणी सदस्य उपस्थित थिए ।
जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष एमसीसी पास गराउनुपर्ने भन्दै खुलेर लागेका छन् । सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव भने यस विषयमा मौन छन् ।

पार्टीका प्रचार प्रसार विभाग प्रमुख डम्बर खतिवडाले हिजोको बैठकमा समान्य छलफल भएको   सञ्चारकर्मीलाई बताएका छन । उनले थपे, नेतृत्वबीच मतभेद देखिएको  छैन ।  ‘मिडियामा भनिए जस्तो ठूलो विवाद छैन,’ उनले भने, ‘बैठकको पहिलो दिन अनुशासित ढंगले नै सम्पन्न भयो, अरु दिन एजेन्डामा व्यापक छलफल हुन्छ ।’

बैठकको पहिलो दिन स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको पद तथा नाम र कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली लगायत ११ वटा बुँदाको एजेन्डा तय गरिएको थियो ।

जसमध्ये स्थानीय निर्वाचनको तयारी गर्ने र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय शुक्रबारको बैठकले गरेको थियो । शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल हुने खतिवडाले बताए।

आज,  शनिबार, को बैठकको मुख्य एजेन्डा भने एमसीसी नै हुने  पनि उनले जानकारी दिए । ‘आज  एमसीसीको पक्ष या विपक्ष हुने कुराको टुंगो लाग्छ’, खतिवडाले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार