२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देउवा - ओली भेटवार्ता

ओलीले देउवासँग भने : 'सभामुखको राजीनामा वा १४ सांसदलाई कारबाही '

शुक्रवार , फाल्गुण १३, २०७८

काठमाडौं, फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रमुख विपक्षी नेकपा एमाले अनिर्णित नबस्ने बताएको छ । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ ।

नेपाली कांग्रेसका नेतासहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।

एमाले नेताले एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् । स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले ससदनमा छलफल गर्ने वातावरण बनाउनुपर्‍यो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

संसदमा उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउन एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार