२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसी अनुमोदनको सकस 

प्रतिनिधिसभा बैठक बस्दै : ' आज एमसीसीबारे छलफल हुने, सता गठबन्धन दलबीच खटपटी '

शुक्रवार , फाल्गुण १३, २०७८

 

काठमाडौं, फागुन । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आजकाे  बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने जनाइएकाे छ । एमसीसी सम्झौताबारे छलफल गर्न बिहीबार बोलाइएको बैठक स्थगित गरी आज सारिएको हो ।

बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो। एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलबीच अझै सहमति हुनसकेको छैन ।

बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ ।

सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् ।

पछिल्लो समय सरकार-नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार