२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसिसी संसद्मा टेबल गर्ने विषयमा जनमोर्चाको असहमति

आइतवार , फाल्गुण ८, २०७८

काठमाडौँ, फागुन । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पाेरशन (एमसिसी) लाई संसद्मा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनाएको छ ।

सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पाँच दलीय गठबन्धनमा उक्त प्रस्तावबारे सहमति नभएको उल्लेख गर्दै आफ्नो दलको असहमत भएकाले गठबन्धनका कतिपय बैठकमा जनमोर्चालाई सहभागी नगराइएको जनाउनुभएको हो ।

सायद हाम्रो पार्टी एमसीसीलाई पारित गर्ने कुराको विरुद्ध भएकाले हाम्रो पार्टीलाई बैठकमा बोलाउँदा सर्वसमहति हुन नसक्ने भएकाले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकाले हाम्रो पार्टीलाई गठबन्धनका बैठकबाट अलग राखिएको हुन सक्दछ ।”

विज्ञप्तिमा भनिएको छ, अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार