२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसी सकस 

सरकारका प्रवक्ता भन्छन : "गठबन्धनको निर्णय आयो, अब एमालेले जवाफ दिनुपर्छ "

आइतवार , फाल्गुण ८, २०७८

 

काठमाडौं, फागुन । सत्तारुढ दल गठबन्धन बैठकले एमसीसी संसदमा छलफलका लागि पेश गर्ने सहमति भएपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् ।

चार दलका शीर्ष नेताबीच आइतबार भएको एमसीसी संसदमा टेबल गर्ने सहमति भएपछि प्रबत्ता कार्कीले सो कुरा ब्यक्त गरेका हुन । 

एमाले अध्यक्ष ओली पटक पटक सरकारको धारणा माग्थे, अब आयो, भन्नुपर्यो नि त एमालेले पनि उसको धारणा के हो भनेर प्रबत्ता कार्कीले भने । प्रबत्ता कार्कीले आज, आइतबार,  नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी  पनि दिनुभयो । 


सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी परियोजना संसदमा दर्ता गराएको हो । सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपमा आज हामीले संसदमा टेबल दर्ता गराउँछौं । यसपछि प्रमुख प्रतिपक्षले त्यसको जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार