२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसी सकस 

सत्ता गठबन्धन दलको बैठक बस्दै : 'संसदमा एमसीसी पेश गर्नेबारे छलफल हुने'

आइतवार , फाल्गुण ८, २०७८

काठमाडौं, फागुन । आज सत्तारुढ बैठक बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्ने जनाइएको छ ।  बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बताइएको छ । 
साझा धारणा बनाउने प्रयासमा यसअघि पटक( पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ । तर सत्ता साझेदार दलहरू  एमसीसीको विषयमा विभाजित भएकाले साझा धारणा बन्ने सम्भावना कम छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार