२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा समाजवादी : 'एमसीसीबारे छलफल गर्न स्थायी कमिटी बैठक आज बस्दै '

शनिवार , फाल्गुण ७, २०७८

 

काठमाडौं, फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्ने बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो पार्टीका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

पार्टीका महासचिव डा.वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार