२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसी सकस

गठबन्धन नेता बैठक निष्कर्षविहीन : 'आइतबार फेरि बस्‍ने'

शुक्रवार , फाल्गुण ६, २०७८



काठमाडौँ, फागुन । सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
आइतबार फेरि बैठक बस्‍ने गरी टुंगिएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।  अध्यक्ष नेपालले बालुवाटारको बैठकमा शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक रहेको र त्यसपछि एमसीसी सम्बन्धमा पार्टीको धारणा तय गर्ने भन्दै बैठक सार्न आग्रह गरेका थिए ।
नेपालको आग्रहपछि नेताहरू आइतबार पुनःछलफलमा बस्‍ने गरी बैठक टुंगिएको थियो । बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा एमसीसीको विपक्षमा रहेका गठबन्धनका नेताहरुले छलफल गरेका थिए ।

यस्तै,बैठक सुरु हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवा चाक्सीबारीस्थित कांग्रेस नेता प्रकाशनमान सिंहको निवासमा पुगेका थिए ।एमसीसीको विषयलाई लिएर शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नेताहरूबीच छलफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार