२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसी सकस

सत्ता गठबन्धन बैठक : ' एमसीसीबारे दलबीच छलफल गर्न गठबन्धनको बैठक आज बस्दै '

बिहिवार , फाल्गुण ५, २०७८

काठमाडौं, फागुन ।  अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासमा सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे बोलाइएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् ।

एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले सञ्जारकमीर्लाइ जानकारी दिए ।ससद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।

बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा काग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए।  नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै १० बजेका लागि बैठक तय भएको हाे।

बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ लगायत नेताहरू सहभागी थिए।

शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसको जोडबल छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार