२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसीको विरोध : ' राप्रपा सडकमा उत्रियाे '

बुधवार , फाल्गुण ४, २०७८

काठमाडौँ, फागुन । एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ता जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीका भ्रातृ संस्थाहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको बताए ।

विरोध प्रदर्शनका कारण अहिले माइतीघर(तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार