काठमाडौं,फागुन। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि घटेको हो ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले घटेर रु ९५ हजार १०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो । यस्तै, महासंघले हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम रहेको जानकारी दिएको छआज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८५ रुपैयाँ कायम छ ।