२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानन्यायधीशविरुद्ध महाअभियोग

कांग्रेस संसदीय दलको बैठक : संसद् भवनकाे ल्होत्से हलमा आज बस्दै

सोमवार , फाल्गुण २, २०७८

काठमाडौं, फागुन । प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिनुभयो ।

सुचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताउनुभयो ।

सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यस विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को बैठक आज बसिरहेको छ । संसद्को बैठक भने यही माघ ४ गते बुधबार डाकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार