२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधि सभा बैठक : 'फागुन ४ गतेलाई सारियो'

आइतवार , फाल्गुण १, २०७८

 

काठमाडौं, फागुन । प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो ।

यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार