लियोनल मेस्सीले बार्सिलोनाका स्पोर्टिङ्ग डारेक्टर एरिक एबिडलको आलोचना गरेका छन् । एरिकले हालै दिएको अन्तर्वार्तालाई लिएर मेस्सीले उनको आलोचना गरेका हुन् ।
अन्तर्वार्ताको क्रममा एरिकले खेलाडीमाथि पूर्व प्रशिक्षक एर्नेस्तो भाल्भेर्देको मातहतमा खेलाडीले कडा मेहनत नगरेको आरोप लगाएका थिए । गएको जनवरीमा बार्सिलोनाले भाल्भेर्देलाई बर्खास्त गरी किके शतिएनलाई प्रशिक्षकको जिम्मा दिएको थियो ।
स्पेनिस पत्रिकार डाएरिओ स्पोर्टसलाई दिएको अन्तर्वार्तामा एरिकले खेलाडीमाथि आरोप लगाएका हुन् । उनी मेस्सीका पूर्व साथी खेलाडी पनि हुन् ।
एरिकको आरोपबारे मेस्सीले मंगलबार भने, ‘जब खेलाडीका बारेमा कुरा गरिन्छ, कुरा गर्नेले खेलाडीको नाम पनि लिन सक्नु पर्छ, यदि त्यस्तो गर्न सकिँदैन भने यस्ता कुराले असत्य कुरालाई फैलिने मौका दिन्छ ।’
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा भएकै बेला भाल्भेर्दे बर्खास्त भएका हुन्।