काठमाडौँ, माघ । नेपाली कांग्रेस केन्द्रिय सम्पादन सिमसतको बैठक आज बस्दैछ । बुधबार बसेको पदाधिकारी बैठकले आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकका पेश गर्ने कार्यसूचीबारे छलफल भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले नेपाली कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरूपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसको आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।
कोभिड १९ को सङ्क्रमणका कारण कांग्रेसका १६ जिल्लाका अधिवेशनको मिति अझै तय हुनसकेको छैन ।