२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसद बैठक : ' एमसीसी सकसले एक साता स्थगित'

मंगलवार , माघ २५, २०७८

काठमाडौं : प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाएको बैठक मंगलबार राति स्थगित भएको हो ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने विषय उत्कर्षमा पुगेका बैठक स्थगित भएको हो । संघीय संसद सचिवालयले भने सूचना टाँसेर विशेष कारणले बस्न नसक्ने उल्लेख गरेको छ ।

सभामुख सापकोटाले अर्को बैठक फागुन २ गते दिउँसो १ बजे आह्वान गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।  

एमसीसी टेबल गर्न सभामुख सापकोटाले राष्ट्रिय सहमति खोजेको, सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसदमा अवरोध गरिरहेको र एमसीसी अन्योलमा परेका बेला बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि एमसीसीकै कारण १० दिनका लागि बैठक सारिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार