शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।
सातदोबाटोमा रहेको एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २ –० गोल अन्तरले हराएकोे हो ।
फ्रेन्ड्सलाई जिताउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरे । पहिलो हाफमा एनआरटीसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा दुई गोल गरेको थियो । फ्रेन्ड्सको लिगमा यो चौथो जित हो ।
जितसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक जोडेको छ भने लिगको नवौँ स्थानमा उक्लिएको छ । एनआरटीको यो तेस्रो हार हो । सातौँ स्थानको एनआरटीले १० खेलमा १५ अंक जोडेको छ ।