२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बालुवाटार : प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डबीच बैठक

आइतवार , माघ २३, २०७८

काठमाडौ, माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुग्नुभएको हो ।

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो ।

उहाँहरुबीचमा पछिल्लो समसामयिक राजीतिका साथै मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसि) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार