२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्ता गठबन्धन बैठक

बैठक बालुवाटारमा सुरू : ' स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने'

शनिवार , माघ १५, २०७८

काठमाडौं,  माघ । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरू भएकाे छ । आज  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बस्ने  बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएकाे छ  ।

प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ ।

यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

हिजो प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार