२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओबादी केन्द्र सोलुखुम्बु अध्यक्षमा राई

शुक्रवार , माघ १४, २०७८


सोलुखुम्बु, माघ  । नेकपा माओबादी केन्द्र सोलुखुम्बुको अध्यक्षको जिम्मेवारी पार्टी सचिव असिम राईलाई दिइएको छ । माओबादी केन्द्रको १ नम्बर प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकले युवा नेता राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसअघिको जिल्ला कमिटीको पदाधिकारीको जिम्मेवारी हेरफेर गर्दै थुलुङदुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्षसमेत रहेका राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको हो । सचिवको जिम्मेवारी भने जिल्ला कमिटीको पहिलो बैठकले टुङ्ग्याउने जनाइएको छ । 
प्रदेश कमिटी बैठकले पार्टी सह–ईन्चार्जको जिम्मेवारी ठमनाथ पराजुली (ध्रुव) लाई दिएको छ । जिल्ला ईन्चार्ज भने यस अघिदेखि नै पार्टी केन्द्रिय सदस्य एवं संघीय सांसद हेमकुमार राई ‘सुरविर’ रहनुभएको छ । त्यस्तै, माओवादी केन्द्र प्रदेश नं १ को बैठकले जिल्लाको आठ स्थानीय तहमा पालिका इन्चार्ज प िनचयन गरेको छ ।
 
माओवादीको खुम्बु पासाङल्हामु गाउँपालिकाको इन्चार्जमा नाम्गेल शेर्पा, नेचासल्यानमा केशरबहादुर राई, लिखुपिकेमा गाउँपालिका अध्यक्ष समेत रहेका डम्बरबहादुर बस्नेत, थुलुङ दुधकोशीमा घनश्याम नेपालीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । 
त्यस्तै, गणेश कुमार राई (बसन्त) माप्य दुधकोशी, सोलुदूधकुण्ड नगरपालिकामा दावातेन्जी लामा, महाकुलुङमा दिप कुलुङ र सोताङमा मदन राईलाई इन्चार्ज तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार