२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जनता समाजवादी पार्टी 

अध्यक्ष यादवले भने :  'विकास र समृद्धिको लागि दल मिलेर काम गर्नुपर्छ' 

बिहिवार , माघ १३, २०७८


जनकपुरधाम, माघ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक भएको बताएका छन ।

निजी क्षेत्रबाट धनुषाको लक्ष्मीनियाँ गाँउपालिकामा निर्माण भएको एकसय बेडको सेन्ट्रल अस्पतालको  उद्घाटन गर्दै उनले भने,  शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहकारी र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ । 
उनले थपे, तिनै तहका सरकारले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढनुपर्ने बताए । उनले आफु स्वास्थ्यमन्त्री भएकै समयमा उपचारको अभावमा कसैको मर्न नपरोस भन्ने उदेश्यका साथ आएको नयाँ स्वास्थ्य नीतिकै अनुरुप प्रत्येक पालिकामा अस्पताल निमार्ण हुन लागेका छन ।  
अध्यक्ष यादवले विगतमा आफुले सोही स्वास्थ्य नीति अनुरुप नेपालमा स्वास्थ्य विमा कार्यक्रम लागु गरिए पनि त्यो प्रभावकारी हुन नसकेको भन्दै स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन तिनै तहका सरकारसँग आग्रह गरे । 
उनले भने, अझै पनि मधेश प्रदेशमा गुणस्तरीय शिक्षा र उपचारको अभाव रहेको छ, निजी क्षेत्रवाट गरिएको यस प्रकारको कामको प्रशंसा गरेका छन ।  उनले विगतमा पनि मिथिला क्षेत्र शिक्षा र स्वास्थ्यको हव रहेको चर्चा गर्दै फेरी पनि शिक्षा र स्वास्थ्यको हवको रुपमा मिथिला क्षेत्रको विकास गरिनुपर्ने धारणा राखे । 
राजनीतिक प्रशंगमा उनले मुलुकमा  विभिन्न किसिमको राजनीतिक परिवर्तन भएपनि विगतको विरासतका विकृतिहरु अझै समाप्त नभएको भन्दै विभिन्न भाषा ,विभिन्न सँस्कृति र विभिन्न जातजातीको आधारमा गल्त दृष्टीकोण कायम रहेको बताए ।  
उनले समतामुलक समाजको निमार्णका लागि देशमा रहेको गरिबी बेरोजगारी अन्त्य हुनुपर्ने र त्यसका लागि आर्थिक विकास र समृद्धिको लागि दलहरुले मिलेर काम गर्नुपर्ने बताए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार