२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय सभा सदस्य निर्बाचन

मतदान सकियो : " मतगणना छिटै, परिणाम आजै आउने "

बुधवार , माघ १२, २०७८

काठमाडौँ, माघ ।  राष्ट्रिय सभाका १९ सिटका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान सम्पन्न भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २ हजार ७ मतदाता मतदानमा सहभागी भएको जानकारी दिएका छन् । 'सातै प्रदेश सदरमुकाममा रहेका मतदानकेन्द्रहरूमा मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,' उनले भनेका छन्, 'यो निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेवदावरहरूबीच प्रतिस्पर्धा भएको थियो ।

सातै प्रदेशका कूल २ हजार २५ मध्ये २ हजार ७ मतदाताले मतदान गर्नुभएको छ ।' प्रवक्ता शर्माले केही समयपछि मतगणना कार्य सुरु हुने पनि जानकारी दिएका छन् । बुधबार नै राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारीमा आयोग लागेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार