बिर्तामोड, माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस, एमाले, माओवादीले मिलीमिली देश लुटेको आरोप लगाएका छन ।
लिङदेनले झापा गाउँपालिकामा शनिवार आयोजित बधाई तथा शुभकामना एवम् पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै मुलुकमा सङ्घीयताको नाममा देशमा लुटतन्त्र हावी भएको भन्दै मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा केही परिवर्तन नभएको बरु लुटतन्त्र बढेर गएको आरोप लगाए ।
राप्रपा सरकारमा आउँछ कि भनेर राजाको हाउगुजीले बेला–बेलामा अन्य दललाई सताउने गरेको भन्दै नेता लिङदेनले अब जनतालाई सही, गलत थाहा भइसकेकोले राप्रपाको जनलहर देशमा आइसकेको दावी गरे ।
लिङदेनले झापा गाउँपालिकामा अन्य विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्ने समूहलाई स्वागत गरेका छन ।