काठमाडौं, माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । शनिबार डा. मिता सिंहको पुस्तक 'द स्ट्रगल अफ गणेशमान' सिह सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताए ।
झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।
यो त्यसै बनेको गठबन्धन सरकार होइन, यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन, सिंहले भने, त्यो कारणले धेरै काममध्येमा यो गठबन्धनको सरकारको सबभन्दा महत्त्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो ।