२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गाईघाट : 'दुर्गम क्षेत्रमा सडक निर्माण तीव्र' 

शनिवार , माघ ८, २०७८


गाईघाट, माघ  । खोटाङ्ग र उदयपुर जिल्लाको ग्रामीण सडक निर्माणले तीव्रता पाएको छ । खोटाङ्ग र उदयपुर जिल्लाका बिकट पहाडी गाउँ वस्तीहरुलाई जोड्ने उद्देश्यले मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना अन्तर्गत त्यस्ता विभिन्न छवटा ठूला ग्रामीण सडकहरु निर्माण भईरहेको छ ।
आर्थिक वर्ष २०७६ । ०७७ बाट क्रमागत रुपमा निर्माणको काम सुरु गरिएको बहुवर्षीय योजना अन्तर्गत उदयपुर जिल्लाका चार र खोटाङ्ग जिल्लाका दुईवटा गरी जम्मा छवटा ग्रामीण सडकको नाली निर्माण, कल्भर्ट निर्माण, होमपाइप जडान र सडक चौडा पार्ने लगातका काहरु तीव्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्रकुमार कर्णले बताएका छन ।  
उनका अनुसार एउटै जिल्लाभित्र पनि प्रदेश क्षेत्र जोड्ने गरी सम्बन्धित क्षेत्रका निर्वाचित प्रदेश सभाका सदस्यहरुको सिफारिसमा छनौट गरिएका निर्माणधीन यी सडकहरुको निर्माणमा प्रदेश १ सरकारको लागानीमा बाह्रै महिना सवारी सञ्चलन हुने गरी स्तरोन्नतिसहितको गुणस्तरीय सडक निर्माणको काम भइरहेको दावी गरिएको छ । 
कार्यालयका साइड ईन्जिनियर रमेशकुमार कार्कीका अनुसार उदयपुर जिल्लाको ताप्लि गाउँपालिका वडा नं १ को साहिडाँडादेखि ३५ करोड ७९ लाखको लागतमा २३ किलोमिटर लामो बेतिनी—ओख्ले—नुनथला—रुपाटार—बाँसबोटे सडक, त्रियुगा नगरपालिका वडा नं ५ को देउरीदेखि १८ करोडको लागतमा २८ किलोमिटर लामो देउरी—श्रीपुर दमौतीे—बुर्जाकान्ला—लालपत्ता—पात्ले—घनचक्रे सडकको निर्माण हँुदै आएको छ ।
यसैगरी उदयपुरकै उदयपुरगढी गाउँपालिका वडा नं ७ को केल्टेदेखि २७ करोडको लागतमा २० किलोमिटर लामो कोल्टे—मैनाटार—बाघखोर—चुरुम्फा—माझखर्क हुँदै खोटाङ्गको हलेसी जोड्ने सडक, २६ करोडको लागतमा उदयपुरकै चौदण्डिगढी नगरपालिका वडा नं ९ को अमिलिखर्कदेखि धाप्लाङ जोड्ने २० किलोमिटर लामो अमिलिखर्क—हडिया—ज्यामिरे—सातधारे—बेल्टार—धाप्लाङ्ग सडक निर्माणको काम तिब्र गतिमा भईरहेको ईन्जिनियर कार्कीले बताए । 
दुई जिल्लामा सञ्चालन गरिने भौतिक पूर्वाधारहरुको विकास निर्माणमा प्राविधिक सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको यस कार्यालयले खोटाङ्ग जिल्ला अन्तर्गत पनि विभन्न सडकहरु निर्माण गर्दै आएको उहाँले बताउनुभयो ।
जस अनुसार आठ करोडको लगानीमा ११ किलोमिटर लामो दिक्ततेल—जाल्पा—ऐसेलुखर्क जोड्ने सडक र ३२ करोडको लागतमा सम्पन्न हुने खोटाङ्ग जिल्लाको दिक्तेल—साप्सुखोला—मात्तिम—मनेभञ्ज्याङ्ग—पाँचधारेसम्मको २८ किलोमिटर लामो  मुख्यमन्त्री ग्रामीण सडकको निर्माण धमाधम छ ।
बजेट अभाव र काबुभन्दा बाहिरको अन्य कुनै परिस्थिति उत्पन्न नभएमा आगामी आर्थिक वर्षको अन्त्यसम्ममा पहाडी क्षेत्रको मुहारै फेरिने गरी सडक निर्माणको काम द्रुत गतिमा भइरहेको छ । सडकसँगै प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माणाधीन यी मुख्यमन्त्री ग्रामीण सडकहरुमा पर्ने विभिन्न छवटा बहुवर्षीय सडक पुलहरुसमेतको निर्माण कार्य जारी छ । 
जसअनुसार खोटाङ्गको साप्सुखोला लिपिया दोभानमा पाँच करोड रुपियाँको लागतमा सम्पन्न हुने ४५ मिटर लामो पुल, सातकरोड ६१ लाखको लागतमा सम्पन्न हुने दिक्तेल रुपाकोट केपिलास गढी जोड्ने ३५ मिटर लामो पुल र कात्तिके रतन्छा जोड्ने स्थानीय मखुवा खोलामा तीनकरोडको लागतमा ३५ मिटर लामो पक्की पुलको निर्माण भईरहेको हो ।
यसैगरी चार करोड ५० लाखको लागतमा सम्पन्न हुने ७० मिटर लामो उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ५ को देउरी खोला पुल, नौकरोड रुपियाँको लागतमा ७० मिटर लामो उदयपुरगढी गाउँपालिका वडा नं ७ को बाहुना खोला पुल र पाँच करोडको लागतमा सम्पन्न हुने ४५ मिटर लामो स्थानीय बलान खोला पक्की पुलको काम पनि सडकसँगै आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गरिने डिइ जितेन्द्र कर्णले बताए ।  
सडक निर्माणसँगै दुर्गम क्षेत्रका विभिन्न स्थानहरुमा बजार विस्तार भएको छ । गाउँमा पसल होटल खुलेपछि गाउँलेलाई किनबेचका लागि अन्यत्र जानु पर्ने समस्या नभएको चौडण्डीगढी नगरपालिका वडा नं ९ डुगाहा बजारका स्थानीय कमल भुजेलले बताएका छन ।  
उदयपुरबाट प्रदेशसभामा निर्वाचित सदस्य कला घले, नारायण बुर्जा मगर, हिमाल कार्की र बिमल कार्कीको छनौटमा सडक निर्माणका यी योजना सञ्चालनमा ल्याइएको हो । जिल्लाको उत्तरी दुर्गम क्षेत्र भनेर चिनिने दुईहजार तीनसय मिटरको उचाईमा पर्ने माझखर्क र बाराहालगायतका क्षेत्रलाईसमेत बेतिनी –नुनथला –ओख्ले सडक सञ्जालले छोएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार