२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकारका ६ महिना : '१७७ किमी सडक कालोपत्रे बन्याे'

शुक्रवार , माघ ७, २०७८

काठमाडौं, माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् ।

सरकार बनेको ६ महिना पुगेपछि शुक्रबार देशबासीलाई टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि भएका कामहरुको विवरण प्रस्तुत गरेका हुन् ।

उनले भनेका छन्, संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’

८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनले बताए ।

यस वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम भइरहेको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार