२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री देउवाकाे आग्रह

सम्बन्धित निकायलाई भने : 'तीनवटै तहको निर्वाचनको तयारी गर्नुस् '

शुक्रवार , माघ ७, २०७८

काठमाडौं, माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्व तयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

प्रचण्डको प्रस्तावका सम्बन्धमा उनले कुनै प्रतिक्रिया दिएनन् । तर, एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उनले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।

दलीय सहमतिमा जोड

संसदमा जारी रहेको अवरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संविधान कार्यान्वयन, विस्तृत सम्झौताको बाँकी कार्य पूरा गर्ने र नागरिकताको समस्यालाई सरकारले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विचाराधीन सबै विषयमा सबै दलसँगको संवाद गरेर निष्कर्षमा पुगिने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार