२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रियसभा निर्वाचन  : 'मधेस प्रदेशमा एमाले लोसपा गठबन्धन' 

बिहिवार , माघ ६, २०७८


जनकपुरधाम, माघ  । अगामी १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन भएको छ । दुवै पार्टीले जनकपुरधाममा बिहीबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभाको निर्वाचनमा मिलेर जाने घोषणा गरेका छन् । 
नेकपा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले पत्रकार सम्मेलनमार्फत संयुक्त प्रेस वक्तव्य जारी गरेका छन । 
सो प्रेस वक्तव्यमा मधेस प्रदेशमा अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्न राष्ट्रिय सभाका मतदातालाई अपिल गरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार