२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री देउवासँग प्रचण्ड - माधव नेपालको भेटवार्ता हुँदै

बिहिवार , माघ ६, २०७८

काठमाडौं, माघ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले उनीहरुबीच भेटवार्ता चलिरहेको स्रोतले बतायो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।

बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । प्रचण्डले हालै वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार