काठमाडौँ, माघ । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ। बिहीबार साँझ ४ बजे बस्ने भनिएको बैठक नेताको व्यस्तताका कारण स्थगित गरिएको हो ।
यस्तै, गठबन्धनका केही नेताहरु कोभिड-१९ को कन्ट्याक्ट ट्रेसिङमा परेका कारण पनि बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचनसँग सम्बन्धित विषयवस्तुमा छलफल हुने बताइएको थियो।