काठमाडौं, माघ । आज स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न सत्तारुढ दलबीचको पाँच दलीय समन्वय समितिको बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने समन्वय समिति एक सदस्य एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सञ्चारकर्मीलाई जानकारी दिएकी छन ।
यसअघि गत मंगलबार पनि समिति बैठक बसेको थियो । सो बैठकपछि नेताले संवैधानिक व्यवस्था अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको बताएका थिए । नेताहरु थप गृहकार्य गरेर फेरि बैठक बस्न लागेका जनाइएको छ ।
आज बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने जनाइएको छ । निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।