रसुवा, माघ । नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउने कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य (सांसद) मोहन आचार्यले बताउनुभएको छ ।
सोमबार नेपाल प्रेस युनियन रसुवाले सदरमुकाम धुन्चेमा आयोजना गरेको नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सभापती, उपसभापती, सचिब, सहसचिब र जिल्लाको प्रदेश सभा क्षेत्र क र ख का सभापतिलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस जनताको पार्टी रहेको र जनताको पार्टी बनाउने बताउनुभएको हो ।
नेपाली कांग्रेस कार्यकर्ता प्रति मात्र नभई जनताप्रति पनि उत्तरदायी रहेको उहाँले बताउनुभयो । ‘रसुवामा नेपाली कांग्रेस एकजुट भएर अघि बढेको छ, गएको १४ औं महाधिबेशनमा जिल्लाको सर्वसम्मत नेतृत्व चयनले पनि रसुवामा नेपाली कांग्रेस एउटै रहेको देखाएको छ, यो जनताको पार्टी हो, हामी जनताको पार्टी बनाउछौँ, जनताको काम गछौँ, उहाँले भन्नुभयो, ।
त्यसैगरि प्रेस युनियनले गरेको सम्मान प्रति धन्यबाद दिदै आचार्यले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस सदैब लागिरहेको र प्रेस स्वतन्त्रताका विधेयक पारित गर्न नेपाली कांग्रेस लागिपर्ने बताउनुभयो । नेपाली कांग्रेस सघेब प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उहाँले बताउनु भयो।
जिल्लाको स्वास्थ्य, शिक्षा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर आफुले काम अगाडि बढाई रहेको समेत उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन रसुवाले नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा रसुवाबाट इतिहासमै पहिलो पटक केन्द्रिय सदस्यमा निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायत १४ जनालाई सम्मान गरेको छ ।
सोमबार सदरमुकाम धुन्चेमा बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयोजना गरि केन्द्रिय सदस्यमा निर्वाचित प्रतिनिधिसभा सदस्य आचार्य सहित १४ जनालाई सम्मान गरिएको हो ।
जिल्लाको इतिहासमा पहिलो पटक केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका आचार्य सहित कांग्रेसको बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुहुने उपेन्द्र लम्साल, लामाकार्पू तामाङ, शेषकुमारी अधिकारी, जिल्ला सभापती पेम्बा छिरिङ तामाङ, उपसभापती ओम आचार्य र फुर्पूवाङ्दी तामाङ, सचिब उत्तम थापा र लक्ष्मण देवकोटा, सहसचिब लक्षिन तितुङ र पासाङ तामाङ, जिल्लाको प्रदेश क क्षेत्रका सभापती श्याम गुरुङ, ख क्षेत्रका बुचुङ तामाङ र नेपाली कांग्रेस जिल्ला कार्यसमितीलाई सम्मान गरिएको नेपाल प्रेस युनियन रसुवाका अध्यक्ष शुसिल कोइरालाले बताउनुभयो ।
खादा र सम्मान पत्रद्धारा बधाई ज्ञापन गर्दै सम्मान गरिएको कोइरालाले बताए ।