काठमाडौं, माघ । नेपाली भूभागमा एकपक्षीय रूपमा सडक निर्माण र विस्तार कार्य रोक्न सरकारले भारतलाई आग्रह गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भन्ने वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो ।
आइतबार सरकारले नेपालको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो ।
उनले थपे, नेपाली भूभाग भएर कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको छ ।
दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।