२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी केन्द्रीय कमिटी बैठक : 'अनिश्चितकालका लागि स्थगित'

शुक्रवार , पौष २३, २०७८

काठमाडौँ,  पुस  ।  माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ ।

माओवादी केन्द्रका केही नेतामा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताएका छन  ।

उनले भने, नेतामा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।

माओवादीको पुस १८ गते सकिएको राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । सोही कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन भएका थिएनन् ।

२५ गते बस्ने बैठकले उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारी छनोट गर्ने नेताहले बताएका थिए । २५ गतेको बैठक स्थगित भएसँगै माओवादीका अन्य पदाधिकारी चयनमा पनि ढलाई हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार