२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले : 'आज ६१ जिल्लामा अधिवेशन हुँदै'

शुक्रवार , पौष २३, २०७८

 
काठमाण्डौ, पुस । नेकपा एमालेको  आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन हुदैछ ।  जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दैछन ।  बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ ।

एमाले नेता विष्णु रिजालले सञ्चारकर्मीलाई  जानकारी दिदै भने, प्रदेश–२, सप्तरी बाहेक, का जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटीले आज जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

एमालेले जिल्ला र प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । एमालेले गएको मंसिरमा चितवनमा १० औँ महाधिवेशन गरेको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार