२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता

बिहिवार , पौष २२, २०७८

 

काठमाडौँ , पुस । भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएर प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएकै दिन बिहीबार नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र भारतका विदेश मन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरु बीचमा स्थगित भ्रमणका सम्बन्धमा कुराकानीदेखि द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको हो।

देउवाले पुस २५ देखि २७ सम्म भारतको भ्रमण गर्ने कार्यतालिका थियो । तर पुस २६ देखि २८ सम्म हुन लागेको उक्त ग्लोबल समिट ओमिक्रोन संक्रमणको कारण स्थगित भएको हो ।

भारतका विदेश मन्त्री जयशंकरले ट्वीटमार्फत आफूले नेपालका परराष्ट्र मन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा फोन गरेको प्रष्ट पारेका छन। जयशंकरले धेरै विषयहरुमा प्रगति पहिचान गर्ने अवसर मिलेको पनि उल्लेख गरेका छन् ।

हाम्रो विकास साझेदारी र कोभिड १९ को सहकार्य उल्लेखनीय छ । हाम्रो सहयोगको दृष्यलाई फराकिलो बनाउन सहमत भएको छ, जयशंकरले ट्वीटमा भनेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई जना बीचमा नयाँ वर्षको शुभकामना आदान प्रदानको साथै दुई पक्षीय विकास र कोभिड १८ सम्बन्धी सहयोग लगायतका विभिन्न विषयमा छलफल भएको थियो ।

सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान गरेका थिए, मन्त्रालयले ट्वीटमार्फत जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार