२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस  : क्षेत्रीय अधिवेशनका लागि भोक हड्ताल 

बिहिवार , पौष २२, २०७८


जलेश्वर, पुस  । जिल्ला अधिवेशनलाई लिएर नेपाली काँग्रेस महोत्तरीका पूर्व जिल्ला सचिव तथा पूर्वमहासमिति सदस्य बजरङ्ग नेपाली बुधबारदेखि भोक हडतालमा बस्नुभएको छ । 
बुधबार बिहानदेखि जलेश्वरको खैरा चोकमा रहेको रामनारायण मिश्रको सालिकमा पूजा गरी नेपाली काँग्रेसका पार्टी परिसरमा उहाँले आमरण अनशन सुरु गरका छन । क्षेत्र नं. ३ को अधिवेशन नगरी पार्टीले पुस २७ गते जिल्ला अधिवेशन गर्न लागेपछि सोको विरुद्धमा उनले अनशन सुरु गरेका हन । 
क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्नुपर्ने उहाँको एक सूत्रीय माग छ । माग पूरा नभएसम्म भोक हडताल जारी राख्ने उहाँले जानकारी दिए ।  जिल्ला सभापतिका आकाङ्क्षी समेत रहनुभएका नेता नेपालीले क्षेत्र नं. ३ का क्षेत्रीय अधिवेशन नभए आफू सो पदमा लड्नबाट वञ्चित हुनुपर्ने देखेर भोकहडतालमा उत्रिएपछि पार्टीभित्र थप विवाद चुलिएको छ । 
एकपक्षले काँग्रेसको केन्द्रीय अधिवेशन गराउने समयमा कुनै पनि नेताहरूले क्षेत्रीय अधिवेशनका लागि माग नगरेको तर अहिले आफैँ वञ्चित हुनु परेपछि मात्रै आन्दोलनमा उत्रिनुको तुक नभएको आरोप लगाएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार