२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको गुट भेला

छलफलका क्रममा शेखरले भने : ‘कांग्रेसमै किन बस्ने ? भन्ने प्रश्न उठ्न सक्छ’

बुधवार , पौष २१, २०७८

 

काठमाडौँ, पुस ।  कांग्रेसको १४ औँ महाधिवेशन सकिए  लगत्तै सभापतिसँग भागबन्डा नमाग्ने घोषणा गरेका निकटतम् प्रत्यासी शेखर कोइरालाले बुधबार काठमाडौंमा गुटगत भेला गरेका छन् । उनले बोलाएको भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेता सहभागी भएका थिए । पार्टीमा उनको नेतृत्वमा भएको यो नै सबैभन्दा ठूलो रणनीतिक भेला हो । 
पार्टीमा यसअघि केन्द्रीय सदस्य मात्रै भएका कोइराला एकै पटक सभापतिका प्रत्यासी बने । त्यही कारण उमेरले हारीहारी भए पनि देउवाले कोइरालालाई पार्टीभित्र ‘जुनियर’ ठानेका छन् । सभापतिमा दोस्रो कार्यकालका लागि पदस्थापन गर्दै सबैको साझा सभापति बन्ने घोषणा गरेका देउवाले दुईवटा केन्द्रीय समिति बैठक र केही महत्वपूर्ण निर्णय हुँदासम्म ४० प्रतिशत मतसहित पराजित कोइरालासँग सामान्य छलफलसमेत गरेका छैनन् ।
देउवाले पेलेर अघि बढ्ने बुझेपछि कोइरालाले महाधिवेशनको दुई साता नबित्दै गुटको भेलामार्फत चुनौतीको भाषा बोलेका छन् । 
बुधबार गुट भेलाको सुरूमै कोइरालाले लिखित सम्बोधन गरेका थिए, जहाँ कोइरालाले देउवामाथि प्रश्नमात्रै गरेका छैनन्, सभापतिले निर्णय प्रक्रिया नसच्याए पार्टीमा दुर्घटना हुनसक्ने सम्मको चुनौती दिएका छन् ।

कोइरालाको गुनासो भने,  पार्टीको निर्णय प्रक्रिया, न्यायोचित र विधिसम्मत रुपमा अवसरको वितरण र व्यवस्थापनका विषय थियो । उनले यस्ता विषयमाथि सभापतिले ध्यान नपुर्‍याए पार्टीभित्र नेता कार्यकर्ता माझ आखिर कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्ने र त्यसले विभाजनको अवस्था ल्याउन सक्नेसम्मको संकेत गरे ।
‘महाधिवेशन भर्खरै सम्पन्न भएको छ, अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन, तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगतरुपमा अगाडि बढोस् भन्ने चाहन्छौँ, सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ,’ कोइरालाले अघि भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’
नेता कोइरालाले सभापतिले केन्द्रीय सदस्य मनोनीत गर्दा त्यसको मापदण्डका विषयमा प्रश्न उठेको बताए । ‘पार्टीमा सभापतिज्यूले केही साथीलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ, नियुक्ति पाउनु भएका सबै साथी सक्षम र योग्य नै हुनुहुन्छ । तर के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं,’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले सभापतिले मन पराए वा नपराएको अवस्थामा हुने छनौटले पार्टीलाई दुर्घटनामा धकेल्ने  पनि बताए । सभापतिको 'लाइक र डिस्लाइक' बाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ, विधि र विधान बाहिर गएर गरिने सबै काम बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ? ,’ उनले प्रश्न गरेका छन् ।
कोइरालाले आफूहरू पार्टीभित्र हुने सबै कार्य न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने पक्षमा रहेको बताए ।
यसअघि पार्टीमा पदाधिकारीसम्म पनि नभएका कोइराला १३ औं महाधिवेशनपछि पार्टीभित्र नेताको वरीयतामा ३५ औँ नम्बरमा थिए । १४ औं महाधिवेशनमा ‘नेतृत्वमा पुस्तान्तरण’ को मुद्दा लिएर अघि बढेका कोइराला सभापतिको उम्मेदवार बन्दै गर्दा दोस्रो पुस्ताका प्रभावशाली नेता उनीसँग उभिए, तर उनकै भाइ कोइराला, नेता पौडेल र सिंह उनीसँग रहेनन् । 
कोइरालाले आफ्नो पराजयको कारण आफ्नै परिवारका सदस्य भएको बताउँदै आएका छन् । तर, यथार्थमा गुटभित्र वरीयतामा ‘जुनियर’ भएकै कारण कोइराला आफ्नो समूहको साझा उम्मेदवार बन्न सकेनन् । सभापतिमा पराजित भए पनि देउवाले उनलाई केन्द्रीय सदस्यकै वरीयतामा राखेका छन् ।

कांग्रेसमा विगतमा सभापतिमा पराजित निकटम प्रतिद्वन्द्वीलाई सभापतिपछि दोस्रो वरीयतामा राख्ने चलन थियो । देउवाले महाधिवेशनमा उम्मेदवार नै नरहेका रामचन्द्र पौडेललाई दोस्रो वरीयतामा राखेका छन् भने कोइराला पदाधिकारी र पूर्वपदाधिकारी भन्दा तल परेका छन् । देउवाले कोइरालालाई पार्टीमा निर्णायक भूमिका नदिने संकेत गरेका छन् ।

महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएर दुईवटा बैठक गरेका देउवाले आफूसँग पराजित कोइरालासँग कुनै छलफल गरेका छैनन् जबकि राष्ट्रिय सभा सदस्य निर्वाचनमा टिकट बाँड्नेदेखि मन्त्री बनाउनेसम्मका निर्णय पार्टीले गरिसकेको छ । 
देउवाले आफ्नो र अन्य विभिन्न समूहबाट महाधिवेशनमा पराजित १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरे । तर, कोइराला समूहका कोही पनि मनोनीत भएका छैनन् । त्यही कारण कोइरालाले देउवाले कार्यशैली र निर्णय प्रक्रियामा बदलाव नल्याए पार्टीमा दुर्घटना हुनसक्ने बताएका छन् ।

के कोइरालाले पार्टी फुटाउने संकेत गरेका हुन् त ? कोइरालानिकट नेता अर्जुननरसिंह केसीले सञ्चारकर्मीसँग भने,  ‘अहिले हामीले त्यस्तो सोचेका पनि छैनौं, हाम्रो जोड भनेको पार्टीलाई विधिसम्मत् ढंगले, न्यायपूर्ण ढंगले अघि बढाइयोस् भन्नेमा हो ।’

 शेखर फेरि देश घुम्ने, कार्यकर्ताको शिर झुक्न नदिने

कोइरालाले तीन तहको निर्वाचनका सन्दर्भमा फेरि देश दौडाहा गर्ने बताएका छन् । ‘हाम्रा अगाडिका बाटा सहज छैनन्, तीन तहको निर्वाचन हाम्रो सामु छ, कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथी सामु जानेछौं,’ कोइरालाले भनेका छन् । उनी १३ औं महाधिवेशनपछि पनि तुरुन्तै देश दौडाहामा निस्किएका थिए ।
उनले कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा लाग्ने बताएका छन् । ‘हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीको शिर झुक्न दिने छैनौँ । र निराश हुन दिने छैनौं,’ उनले भनेका छन्, ‘तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं’को चुनावपछि चुनावी गठबन्धन गर्दैन 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार